होम | भाषाको विकल्प | डाउनलोड | FAQ | Help Manual | हामीसित सम्पर्क गर्नुहोस् (नयाँ टोल फ्री नम्बर‍) | Site Map
 
 
Nepali CD Cover
 
भारतीय भाषाओं के लिए प्रौद्योगिकी विकास

मानवका बीच आपसमा कैयौं तरिकाले सम्पर्क स्थापित हुने गर्छ, जसमा दृश्य तथा श्रवण पद्धति नै प्राथमिक पद्धति देखिन्छ। यस परिप्रेक्ष्यमा, मानव-सम्पर्कको मुख्य साधन चाहिं मिसिन भएको हुँदा मानव जिनी सुविधामा भन्दा पनि मिसिनको सुविधामा बढी भर पर्ने गर्छन्। माउस तथा किबोर्ड प्रमुख इनपुट साधनहरू छन् तथा भिजुयल प्रदर्श एकाइ मुख्य आउटपुट साधन हुन्। यस्तो इन्टरफेस प्रयोग गर्न विशेष कौशल तथा मानसिक अभिवृत्तिको आवश्यकता हुन्छ, जसका लागि कैयौं मानिस सम्पन्न हुँदैनन्। पारस्परिक सम्पर्कले यस मिसिन-केन्द्रित मोडलाई मानव-केन्द्रित इन्टरफेसमा बदलाउनु जरूरी छ जसद्वारा कम्प्युटहरू शक्तिको लाभ सबैमा पुगोस्। कहाँसम्म भने, आफ्नो अघि सूचना देख्‍दा जे जस्तो सूचना प्राप्त हुन्छ त्यो बढी प्रभावित हु्ने गर्छ, तथापि सूचना प्रेषित गर्न वाणी सबैभन्दा सजिलो साधन हो। कम्प्युटार तथा दूरसञ्चार प्रणालीका समाहारका कारण शाब्दिक संव्यवहार आज ज्यादा शक्तिशाली हुन पुगेको छ, मानिसले जति टाढाको भए पनि कम्प्युटहरूको सहयोगले सूचना प्राप्त गर्न सक्छन् । शाब्दिक संव्यवहारमा प्रकृत भाषा सामेल हुन्छ, अनि यसले गर्दा सूचना प्रविधिको क्षेत्रमा भाषाविज्ञानको महत्व बढेको छ। यसकारण,कम्प्युटारमा मानव-केन्द्रित इन्टरफेस आजको खाँचो हो । मनुष्यलाई एकखाले अनौठो विशेषताका साथ सम्पन्न गरिएको छ, -भाषा- जसको सहायताले सूचना, चिन्तन तथा विचारहरूलाई आपसमा परिश्रमबिना नै आदान-प्रदान हुने गर्छ। प्रकृत भाषाको प्रयोगले गर्दा मानव मिसिन सम्पर्कमा मानव भाषा प्रविधिका कैयौं पाटा सामेल छन् : वाणी समन्पीडन, परिचय एवम् वाणी तथा लिपिको बोध, मिसिन-अनुवाद, पाठ सृजन, वाणी तथा घोटेर लेखिने लिपिको संश्लेषण। मिसिनका साथ सम्पर्क स्थापित गर्न भाषाका दुवै रूप, बोलिने तथा लेखिने, उपयोगी छन्। कम्प्युटारमा भारतीय भाषामाथि कार्य गर्ने सुविधा पछिल्लो दुई दशकदेखि उपलब्ध गराइएको छ, जसमा विभिन्न प्लेटफर्म तथा प्रचालन प्रणालीमा डाटा संसाधन, शब्द संसाधन, डेस्कटप प्रकाशन आदि सहित विभिन्न प्रकारका कार्य सामेल छन्।
सूचना प्रविधि विभागले कुनै प्रकारको भाषायी अवरोध बिना मानव-मिसिन सम्पर्कको सुविधा प्रदान गर्ने प्रयोजन बोधले सूचना संसाधन साधनका विकास गर्न; बहुभाषी ज्ञान स्रोतको निर्माण एवम् अभिगम गर्न; तथा अभिनव उपभोक्ता उत्पादन एवम् सेवाका विकासका लागि तिनीहरूलाई एकीकरण गर्ने उद्देश्यले टिडिआइएल (भारतीय भाषाका लागि प्रविधि विकास) कार्यक्रम सुरु गरेको छ। कर्पोरा तथा शब्दकोश जस्ता भाषा-विज्ञान संसाधनको विकास; तथा फन्ट, पाठ सम्पादक, हिज्जे परीक्षक(जाँचक), ओसिआर र पाठ-बाट-वाणी जस्ता मूलभूत सूचना संसाधन साधनका विकासका निमित्त परियोजनाहरूलाई धनराशि उपलब्ध गराइएको छ । मानक पनि तयार गरिएको छ। भारतीय भाषा प्रविधिको उत्पादन तथा सेवालाई विकासार्थ देशका विभिन्न ठाउँमा निजी, सार्वजनिक एवम् सरकारी स्तरमा विविध प्रयास गरिएको छ। स्रोत केन्द्र तथा कयलनेट केन्द्रद्वारा विकसित भाषा प्रविधिहरू तथा साधनलाई द्रूत गतिमा प्रयोगमा ल्याउनु आवश्यक छ जसद्वारा उनीहरूलाई प्रतियोगिताका बारेमा प्रतिक्रिया थाहा लागोस् र यिनीहरूलाई उत्पादनका लागि उपलब्ध गराउन सकियोस्। अनुसंधान एवम् विकासको प्रभाव सारा समाजमा पर्नु जरूरी छ। यसको तात्पर्य के हो भने अनुसंधानको प्रयासलाई प्रयोगशालाहरूसम्म सीमित नराखी यिनीहरूको नियोजन द्रूत गतिमा चलाउनु जरूरी छ, जसद्वारा अरूथोकतत: उपभोक्तालाई प्रतिपुष्टि होस् तथा तिनीहरूलाई अनुभवको जानकारी प्राप्त हुन सकोस् एवम् तिनीहरूलाई थप परिशोधन गर्न सकियोस्।

सरकारले आउँदो एक वर्षमा निम्नलिखित उत्पादन तथा समाधान सार्वजनिक डोमाइनमा उपलब्ध गराउने पूरा तयारी गरिसकेको छ :

सबै भारतीय भाषाहरूमा नि:शुल्क फन्ट (टिटिएफ तथा ओटिएफ) एवम् शब्द संसाधक उपलब्ध होस्। पहिलो पाइलाका रूपमा, सार्वजनिक डामाइनमा नि:शुल्क रूपमा उपलब्ध गराउने उद्देश्यले शास्त्रीय भाषा तमिलका लागि लोकप्रिय ट्रू टाइप फन्ट (टिटिएफ) चयन प्रकाशनका साथ विचार-विमर्श गरेर लिएको उद्योग छ । विन्डोज 95/विन्डोज 98/विन्डोज एनटी प्लेटफर्म जस्ता प्रणालीमा टिटिएफ फन्टको प्रयोग व्यापक रूपमा हुँदै छ। विन्डोज 2000/एक्सपी/2003 तथा लिनाक्स प्लेटफर्मको ओटिएफ (अपेन टाइप फन्ट) जारी गरिँदै छ। यो निजी तहको पहिलो प्रयास हो अनि शब्द संसाधक (वर्तमानको एवम् नयाँ) यी फन्टको प्रयोग गर्न सकिन्छ। यसको परिणामस्वरूप, उपभोक्ताहरूको डाटा प्रविष्टिका लागि इनस्क्रिप्ट, फोनेटिक तथा टाइपराइटर किबोर्डयुक्त अनि अधिक फन्ट उपलब्ध हुनेछन्। सूचना निष्कर्षण, पुन:प्राप्ति एवम् अङ्कीयकरणका लागि सबै भारतीय भाषाहरूमा प्रकाशिक अक्षर चिनारी (ओ सि आर)। ओ सि आर स्केन गरिएको प्रतिरूपहरू (मुद्रित पृष्ठहरूलाई स्केनरको माध्यमले स्केन गर्न सकिन्छ) लाई सम्पादन योग्य पाठमा परिवर्तित गर्छ ताकि त्यसका प्रयोग अरूथोकय अनुप्रयोगका लागि गर्न सकियोस् अनि तदनुसार संशोधित गर्न पनि सकियोस्। प्रकाशन उद्योग यसको एउटा प्रमुख लाभग्राही कार्य हो, जुसलाई पुन: मुद्रण तथा नयाँ प्रकाशन तयार गर्न यसको प्रयोग गर्न सकिन्छ। रेलवे सूचना, स्वास्थ्यको हेरचाह कृषि, आपदा प्रबन्ध तथा सार्वजनिक उपयोगिताका अरूथोकय सेवा जस्तै प्रणालीका लागि वाणी इन्टरफेस। यसद्वारा सर्वसाधारणलाई उन्नत प्रविधिहरूको लाभ प्राप्त गर्न सहायता हुने गर्छ। प्रणालीका साथ सम्पर्क गर्न पर्दा प्रयोजनले मनुष्यको वाणीलाई चिन्न तथा सूचनाको निष्कर्षणका लागि त्यसलाई पाठमा परिवर्तित गर्न वाक् इन्जिनको प्रयोग गर्न सकिन्छ। पाठबाट वाणीको प्रयोग इन्टरनेटबाट सूचना प्राप्त गर्ने जस्तो अनुप्रयोगका लागि दृष्टिहीन व्यक्तिलाई पाठ पढेर सुनाउनका लागि गर्न सकिन्छ । भारतीय भाषाहरूका लागि इन्टारनेट अभिगम साधन, जस्तो- ब्राउजर, खोज इन्जिन तथा इ-मेइल। यिनीहरूबाट भारतीय भाषाहरूमा इमेल पठाउन सम्भव हुन्छ अनि खोज इन्जिन अरूथोकय भारतीय भाषाहरूमा सूचना खोज्न सहायता उपलब्ध गराउँछ साथै कुनै पनि एउटा भारतीय भाषामा सोधपुछ पनि उपलब्ध गराउनेछ।
भारतीय भाषाहरू तथा अङ्ग्रेजीका बीच अन-लाइन अनुवाद सेवा साधन, यसबाट मानिसहरूलाई अङ्ग्रेजी तथा कुणै पनि भारतीय भाषामा उपलब्ध कुनै सूचना-सामग्रीको अनुवाद निजी रोजाइको लक्षित भारतीय भाषामा गराउने सहयोग प्राप्त हुने गर्छ। उत्पाद/सेवाहरू टिडिआइएल डाटा केन्द्रहरूको माध्यमले अन-लाइन हेल्प डेस्कका साथ उपलब्ध गराइँदै छ। निम्नलिखितका माध्यमद्वारा अनुसन्धान, उत्पादन, नियोजन तथा सहायतालाई प्रेरित गर्ने उद्देश्यले, टिडिआइएल-डिसी (भाषा प्रविधि उपयोगिता वितरण च्यानल) का लागि सरकारको एउटा मिसन-उन्मुख एवम् समयबद्ध कार्यकलाप योजना छ।
विकसित प्रविधिहरूलाई बाजारमा उपलब्ध गराउन उत्पाद तयार गराउन प्रविधिहरूको दर्जा बढाउनु अथवा तिनीहरूलाई परिशोधन गराउनु आवश्यकतामा आधारित नयाँ प्रविधिहरूको विकास गराउन उपर्युक्तलाई हासिल गर्न, निम्नलिखित पदक्षेप लिइँदै छ।

क.टिडिआइएल डाटा केन्द्रहरूको माध्यमले भाषा प्रविधिहरू/साधनहरूको चरणबद्ध वितरण गर्नु।

ख. विकसित साधन, प्रविधि, उत्पादन तथा सेवाहरूको अधिग्रहण  गर्नु।

ग. भाषा प्रविधिका क्षेत्रमा सरकारको प्रयासका बारेमा जागरूकता ल्याउनु र उपलब्ध साधन एवम् प्रविधिहरूको माध्यमले प्रचार-प्रसार गर्नु।

घ. उपभोक्ताहरूको साधन, उपयोगिता, उत्पादनहरू आदिलाई नि:शुल्क रूपले डाउनलोड गर्ने सुविधा प्रदान गर्नु।

ङ. भाषा प्रविधिमा निजी-सार्वजनिक भागीदारीलाई हौसला दिनु

च. विशिष्ट अनुप्रयोग क्षेत्रहरूको मिसन आरम्भ गर्नु आदि।